२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सन् २०२५ को अन्त्यमा भारत भ्रमण गर्दै पुटिन

अ+ अ-

काठमाडौँ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०२५ को अन्तिम साता भारतको भ्रमणमा आउन सक्नेछन् । 

भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललाई उद्धृत गर्दै रुसी समाचार एजेन्सी तासले पुटिनको भारत भ्रमण बारे जानकारी दिएको छ ।

डोभालले रुसी रक्षा मन्त्री सर्गेई सोइगुसँगको भेटमा भने, ‘अहिले हाम्रो सम्बन्ध निकै मजबुद भएको छ, जसको हामी मूल्यांकन गर्छौँ। दुई देशबीच बलियो साझेदारी छ र हामी उच्चस्तरीय संवाद गरिरहेका छौँ ।’

भारतका सुरक्षा सल्लाहकार डोभाल बुधबार रुस पुगेका हुन्। उनको राष्ट्रपति पुटिनसँग पनि भेट हुने सम्भावना छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत-रुस सम्बन्धमाथि तिक्ततापूर्ण टिप्पणी गरेपछि भएको यो भ्रमणलाई महत्त्वका रूपमा हेरिएको छ।

रुसी राष्ट्रपति पुटिन अन्तिम पटक ६ डिसेम्बर २०२१ मा केवल ४ घण्टाका लागि भारत आएका थिए । उक्त भ्रमणमा भारत र रूसबीच २८ वटा सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा सैन्य र प्रविधिसम्बन्धी सम्झौतासमेत थिए ।

दुवै देशले सन् २०२५ सम्ममा आपसी व्यापार ३० अर्ब डलर पुर्‍याउने लक्ष्य लिएका थिए ।

भारत र रुस आपसी व्यापारलाई दोब्बर गरी १०० अर्ब डलरभन्दा बढी पुर्‍याउने सहमतिमा पुगेका छन् । हाल दुई देशबीच वार्षिक झण्डै ६० अर्ब डलरको व्यापार भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०२४ मा दुई पटक रुस गएका थिए । उनी अक्टोबर २२ मा ब्रिक्स सम्मेलनका लागि रुस गएका थिए। त्यसअघि जुलाईमा पनि दुई दिनका लागि उनी रुस गएका थिए । सो भ्रमणमा उनले राष्ट्रपति पुटिनलाई भारत भ्रमणको निमन्त्रणा दिएका थिए ।

मार्च २०२३ मा अन्तर्राष्ट्रिय आपराधिक अदालत (आइसिसी) ले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अदालतले युक्रेनमा बालबालिकाको अपहरण र बलपूर्वक स्थानान्तरणको आरोपमा उनलाई युद्ध अपराधका लागि जिम्मेवार मानेको थियो ।