२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृष्णप्रसाद सिटौलाले भने-‘साझा मुद्दामा राजनीतिक दल एक हुनुको विकल्प छैन’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका पूर्वमहामन्त्री तथा राष्ट्रिय सभामा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले जनताका साझा मुद्दामा सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन् ।

काँग्रेसको भातृ संगठन नेपाल किसान महासंघ कोशी प्रदेश समितिको आज दमकमा आयोजित प्रथम प्रादेशिक अधिवेशनको उद्घाटन गर्दै नेता सिटौलाले देश र जनताको परिवर्तनका लागि भएका आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै सुशासन र समृद्धितर्फ देशलाई लैजान ठूला दलहरुबीच सहकार्य भएको समेत उल्लेख गरे । 

देशको मुख्य आधार स्रोत कृषि क्षेत्र भए पनि लक्ष्यअनुसार कृषि क्षेत्रले प्रतिफल दिन नसकेको उल्लेख गर्दै उनले हाम्रो कृषि कर्मलाई निर्वाहमुखी मात्र नभई व्यावसायिकसँगै उद्योगका रूपमा विकास गरिनुपर्ने उल्लेख गरे ।

काँग्रेस केन्द्रीय सदस्य राजीव कोइरालाले कृषिलाई व्यावसायीमुखी बनाउनुपर्नेमा जोड दिए । काँग्रेस केन्द्रीय सदस्य गोमा भट्टराईले कृषकका मुद्दा उठाउने पार्टी नेपाली काँग्रेस मात्रै भएको दाबी गर्दै कृषि र किसानका विषयमा पार्टी विमुख हुँदै गएको गुनासो गरे । 

पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा संविधानसभा सदस्य सुधीरकुमार शिवाकोटीले कृषि प्रधान मुलुक भनिए पनि विदेशबाट खाद्यान्न ल्याउनुपर्ने बाध्यता रहेको भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए । 

काँग्रेस दमक पार्टी कार्यालयमा भएको किसान महासङ्घको अधिवेशन उद्घाटनमा काँग्रेस कोशी प्रदेश महामन्त्री उमेश थापा, सहमहामन्त्री खड्ग फागो, झापा जिल्ला सभापति देउकुमार थेवे, सुनसरी जिल्ला सभापति केदार भण्डारी, काँग्रेस झापा क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी, नेपाल किसान महासंघ केन्द्रीय सदस्य सीताराम भट्टराई, महासंघ भोजपुर अध्यक्ष इन्दिरा प्रधान, ताप्लेजुङ अध्यक्ष भीमबहादुर गुरुङ लगायतले मन्तव्य राखेका थिए । 

अधिवेशनले आज नै नयाँ नेतृत्व चयन गर्नेछ ।