२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैजुबहालको ढुंगेधारालाई धार्मिक सहिष्णुताको अनुपम नमूना बनाइँदै

अ+ अ-

काठमाडौँ । मैजुबहाल ढुङ्गेधारास्थित बगलामुखी मन्दिर क्षेत्रलाई धार्मिक सहिष्णुताको अनुपम नमूनाका रूपमा विकास र विस्तार गर्ने अभियान सुरु गरिएको छ ।

त्यहाँको जग्गा तथा पानीको स्रोत संरक्षण गरी ज्येष्ठ नागरिक चौतारो बनाउने सिलसिलामा स्थानीय सामाजिक एवं धर्मपरायण समुदायको सतप्रयासमा बङ्गलामुखीसहित विभिन्न देवीदेवताका मन्दिर निर्माण गरिएको छ ।

स्थानीय समाजसेवी टेकनाथ आचार्यको पहलमा केही वर्षअघि त्यहाँ तीन आना दुई दाम सार्वजनिक जमिनमा प्यागोडा शैलीमा तामाको छानासहितको बङ्गलामुखी निर्माण गरिएको थियो । करिब चौवालिस लाखको लागतमा मन्दिर निर्माण गरी वार्षिक धार्मिक अनुष्ठान तथा शोभा रथयात्रा गरिँदै आएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद सिंखडाले जानकारी दिए । 

उक्त मन्दिर निर्माणमा धर्मानुरागी भक्तजनले आर्थिक सहयोग पुर्‍याएका थिए भने केही भक्तजनबाट मूर्ति स्थापनामा सहयोग भएको अध्यक्ष सिंखडाले जानकारी दिए। उक्त मन्दिरमा यस वर्षको जात्रा बिहीबारदेखि सुरु भएको छ ।

हिन्दू एवं बौद्ध परम्पराअनुसार मानिआएका थुप्रै देवीदेवता एवं बुद्धका मूर्ति स्थापना गरी परम्परा र जीवित संस्कृतिलाई जीवन्त राख्न रथारोहण (रथयात्रा)को थालनी गरिएको मन्दिर संरक्षण तथा व्यवस्थापन समितिले जनाएको छ । 

बङ्गलामुखीको ख्याति एवं मन्दिर परिसरमा प्रतिस्थापित देवीदेवता एवं बुद्धका मूर्तिका कारण दैनिक दर्शनार्थीको सङ्ख्या वृद्धि भइरहेको छ ।

 मुलुकको जीवन्त संस्कृतिको जर्गेना र जन्मभूमिप्रतिको कर्तव्य निर्वाह गर्न तथा असल संस्कारयुक्त परिवारको निर्माण गरी जीवनलाई सार्थक तुल्याउन उक्त धार्मिकस्थलबाट आमनागरिकलाई प्रेरणा मिल्ने विश्वास गरिएको छ ।