२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विपद्सँग जुध्न ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने काँग्रेसको निर्णय

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले अविरल वर्षाका कारण देशभर उत्पन्न विपद्सँग जुध्न भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने भएको छ ।

आज यहाँ पार्टी महामन्त्री विश्वप्रकाश शर्माको उपस्थितिमा भएको भ्रातृ संस्थाका अध्यक्ष र प्रतिनिधिहरूसँग ‘विपद् केन्द्रित विशेष बैठक’ ले भ्रातृ संस्थाको ‘स्वयम्सेवी समूह’मार्फत काम गर्ने निर्णय गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

उनले भ्रातृ संस्थाका स्वयम्सेवक स्थानीय रूपमा परिचालित गरिसकेको बताए । काँग्रेसले भारी वर्षा र पहिरोका कारण विभिन्न जिल्लामा भएको मानवीय क्षतिले पूरै देशलाई मर्माहत बनाएको जनाएको छ । 

पार्टीले इलाम, रौतहट, खोटाङ, उदयपुरलगायत जिल्लामा भएको मृत्युका घटनाप्रति काँग्रेसले गहिरो दुःख व्यक्त गर्दै दिवंगत सबैको आत्माको शान्ति कामना तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको मुख्यसचिव पौडेलले बताए  ।

काँग्रेसले थप मानवीय क्षति हुन नदिन थप उच्च सतर्कताका लागि राज्य र स्थानीय स्वयम्सेवीहरूमा विशेष अपिलसमेत गरेको छ । विपद्को घडीमा राज्यको सूचना पालना गर्नु, आफू सुरक्षित रहनु र अरूको सुरक्षामा  सहयोग गर्नु सबैको कर्तव्य भएको पनि पार्टीले जनाएको छ ।

बर्सातले श्रमिक वर्ग प्रभावित, सरकारको गम्भीर ध्यानाकर्षण होस् : ट्रेड युनियन काँग्रेस
नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन काँग्रेसले असोज १७ देखि देशभर परेको अत्यधिक बर्सातका कारण नेपालका श्रमिक वर्ग मारमा परेको जनाएको छ ।

युनियनका महासचिव अजयकुमार राईद्वारा आज एक विज्ञप्ति जारी गरी अत्यधिक वर्षाका कारण श्रमिक वर्ग प्रभावित भएको भन्दै प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहत कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराइएको छ । 

युनियनले बाढी प्रभावितको यथाशीघ्र उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै जनधन तथा भौतिक पूर्वाधारको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

“अविरल वर्षाका कारण धेरैले ज्यान गुमाउनाका साथै भौतिक पूर्वाधारको ठूलो क्षति भएको छ, अझै मानिसहरू बेपत्ता र बासविहीन भई विस्थापित हुनाका साथै कैयौँ घाइते भएका छन् । यस प्राकृतिक विपत्तिबाट गरिखाने श्रमजीवी वर्ग अझ नराम्ररी प्रभावित भएका छन्, उनीहरूको रोजगारीलाई समेत तत्कालका साथ दीर्घकालीन प्रभाव पर्ने देखिन्छ”, विज्ञप्तिमा भनिएको छ ।