२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै युवा आवाजको ज्ञापन पत्र

अ+ अ-

काठमाडौँ । प्रदेश सरकारलाई चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) प्रिन्ट गर्न अनुमति दिन माग गर्दै मुद्रण विभागमा ज्ञापन पत्र बुझाइएको छ ।

बिहीबार युवा आवाज नामक संगठनले विभागमा प्रदेश सरकारलाई लाइसेन्स प्रिन्ट गर्न अनुमति दिन माग गर्दै कार्यकारी निर्देशकलाई ज्ञापन पत्र बुझाएको हो ।

भाद्र २३ गते भ्रष्टाचार विरुद्ध भएको आन्दोलन केवल भ्रष्टाचारको विरोध मात्र नभई सरकारी कामकाजमा देखिएको ढिलासुस्ती, लापरबाही र प्रशासनिक जटिलताबाट नागरिकहरूले भोग्नुपरेको असन्तोष, रिस, र उत्तेजनाको संयुक्त अभिव्यक्तिको रूपमा देखिएको उनीहरूले बताएका छन् ।

लाइसेन्स केन्द्र सरकारले स्वयं छपाइ गर्न नसकेको जनाउँदै बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालय आवश्यक तयारी पूरा गरी छपाइका लागि तयार अवस्थामा रहेकाले मुद्रण विभागले स्वीकृति दिन अनुरोध समेत गरेका छन् ।

‘मुद्रण विभागसँग अत्याधुनिक मेसिन र स्रोतसाधन हुँदाहुँदै पनि विगतदेखि नै विदेशमा पैसा (नोट) छपाइ हुँदै आएको छ ।यी सबै तथ्यहरूले यो स्पष्ट गर्छ कि मुद्रण विभागले समयमै जिम्मेवारी वहन गर्न सकेको छैन, र विभागले न त आफैँ प्रभावकारी ढंगले काम गरेको छ, न त अरूलाई गर्न दिएको छ । यस विभागको ढिलासुस्तीका कारण आम नागरिकमा विश्वासको संकट उत्पन्न भएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ ।

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयले २०७२ भदौ १२ मा सवारी चालक अनुमति पत्र छपाइका लागि सहयोग र स्वीकृतिको अनुरोध गर्दै पत्र पठाएको भए पनि, मुद्रण विभागले हालसम्म कुनै जवाफ नदिएको उनीहरूको भनाइ छ ।

विभाग आफैँ चुस्त रूपमा कार्य नगरेकाले, सुरक्षा मुद्रण ऐन, २०८१ को दफा ९ (३) बमोजिम केन्द्रले गर्न नसकेको अवस्थामा तयार रहेको बागमती प्रदेशलाई सवारी चालक अनुमति पत्र छपाइको अनुमति दिन आग्रह गरेका छन् । साथै, आगामी दिनमा हरेक प्रदेशमा पनि सोही ऐन अनुसार छपाइ कार्य स्थानीय तहमै सम्पन्न गर्न सक्ने व्यवस्था मिलाइदिन समेत अनुरोध गरेका छन् ।