२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार रोक्न पाँचसय र एक हजारका नोट बन्द गर्न माग

अ+ अ-

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पार्टीको हालै सम्पन्न तेस्रो विशेष बैठकका १७ बुँदे निर्णय सार्वजनिक गरेको छ । 

आज यहाँ एक पत्रकार सम्मेलन गरी गत असोज २६ देखि ३० गतेसम्म बसेको तेस्रो विशेष बैठकका निर्णयहरू सार्वजनिक गरेको हो । 

पार्टीका महासचिव ‘विप्लव’द्वारा जारी विज्ञप्ति पार्टीका प्रवक्ता खडक विश्वकर्मा ‘प्रकाण्ड’ले सार्वजनिक गर्नुभएको थियो । सो पार्टीले रु. ५०० र एक हजार दरका नोट खारेज गर्न माग गरिएको छ । समिति बैठकका निर्णयहरूमा भ्रष्टाचार रोक्न ती दरका नोट खारेज गरी नयाँ दरका नोट छाप्नुपर्ने सो पार्टीले माग गरेको हो । 

त्यस्तै कृषि उत्पादन बढाउँदै ‘एकीकृत स्वामित्व’ अन्तर्गत एउटा उद्योग सञ्चालन गर्ने नेकपाले निर्णय गरेको छ । विगतदेखि नै पार्टीलाई उत्पादनसँग जोड्दै आएको नेकपाले यो वर्ष बर्खेबाली उत्पादन सोचेभन्दा राम्रो भएको र हिउँदे बाली उत्पादनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको हो । 

पार्टीका महासचिव ‘विप्लव’ले जेनजी युवाहरूको विद्रोहपछि नयाँ कम्युनिष्ट केन्द्र बनाउने गरी नेकपा माओवादी केन्द्रलगायत घटकहरूसँग छलफल चलिरहेको जानकारी दिए । उनले भने, “अब पहिलेको जसरी कम्युनिष्ट आन्दोलन अगाडि बढ्न सक्दैन । नयाँ बहस आवश्यक भएकाले अब माओवादीसँग पनि यही ढङ्गले छलफल भइरहेको छ ।”

यसैगरी बैठकले जेनजी विद्रोह सफल भए पनि जेनजीहरु आफ्नो ‘एजेन्डा’अनुसार अघि बढ्न नसकेको निष्कर्ष निकालेको छ भने जेनजी विद्रोहपछि कम्युनिष्टहरुबीचको एकता र नयाँ कम्युनिष्ट केन्द्र निर्माणको आवश्यकता झनै जरुरी रहेको निष्कर्ष निकालेको छ । 

यसअनुसार नेकपाले समाजवादी मोर्चामा आबद्ध पार्टी, माओवादी घटक, सबै कम्युनिस्ट पार्टीसँग छलफल बढाउने र आफ्नो ठाउँमा जुनसुकै योगदान गर्न तयार रहने निर्णयसमेत गरेको विज्ञप्तिमा उल्लेख छ ।