काठमाडौँ । रुसी सेनामा भर्ती भएका माओवादी पूर्वलडाकु डायमण्ड सी सेक्सन कमान्डरमा बढुवा भएका छन् ।
म्याग्दी घर भएका डायमण्डले सामाजिक सञ्जालमार्फत् रुसी सेनामा आफ्नो बढुवा भएको जानकारी दिएका हुन् ।
‘‘कहिलेकाहीँ जीवनमा देखेको सपना पूरा हुन्न बरु नदेखेको सपना पूरा हुन्छ,’ उनले लेखेका छन् ।
आफू जनयुद्धमा सहभागी भएर पनि अधुरै रहेका सपना पूरा गर्न युक्रेनविरुद्ध युद्ध लडिरहेको रुसी फौजमा भर्ती हुने निर्णय गरेको उनले बताएका छन् ।
। रुसी सेनामा भर्ती भएपछि उनले लामो स्ट्याटस लेख्दै माओवादी जनयुद्ध र नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।
शान्ति प्रक्रियापछि वि.सं २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारका बेला सेना समायोजनका क्रममा उनले स्वेच्छिक अवकाश लिएका थिए । जनमुक्ति सेनामा उनी बटालिएन सहकमाण्डर थिए ।
जनमुक्ति सेनाबाट निस्किएपछि पारिवारिक जिम्मेवारी बढेको उनले बताएका थिए ।







