२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेस्लाको मुनाफा घट्यो

अ+ अ-

काठमाडौँ। अमेरिकी विद्युतीय सवारीसाधन निर्माता कम्पनी टेस्लाले कीर्तिमानी त्रैमासिक राजस्व हासिल गरे पनि यसको खुद मुनाफा ३७ प्रतिशतले घटेको छ।

बीबीसीका अनुसार, कम्पनीले यो गिरावट भन्सार शुल्क र अनुसन्धान तथा विकाससँग सम्बन्धित थप लागतहरूको कारण भएको जनाएको छ।

सेप्टेम्बर त्रैमासिकमा टेस्लाको राजस्व अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढेर २८ अर्ब डलर पुगेको छ।

कम्पनीका अनुसार यो वृद्धि अमेरिकी ग्राहकहरूको कर छुटको समय सीमा समाप्त हुनुअघि गरिएको ठुलो खरिदको कारणले भएको हो।

मुनाफा घटेको नतिजा घोषणा भएपछि टेस्लाको शेयर मूल्यमा ३.८ प्रतिशतको गिरावट दर्ता भएको छ।

कम्पनीका सेयर धनीहरूले आगामी नोभेम्बर मा सिइओ एलन मस्कको नयाँ तलब प्याकेजमा मतदान गर्नेछन्, जसको सम्भावित मूल्य १ ट्रिलियन डलरसम्म हुन सक्ने बताइएको छ।