काठमाडौँ । काभा यु-१९ महिला च्याम्पियनसिपको उपविजेता राष्ट्रिय महिला भलिबल टोली स्वदेश फर्किएको छ ।
गए राती नेपाली यु-१९ राष्ट्रिय महिला भलिबल टोली स्वदेश फर्किएका हुन् । टोलीलाई नेपाल भलिबल संघका अध्यक्ष नितेन्द्र बहादुर चन्द लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गए राती स्वागत गरे । नेपाल प्रतिस्पर्धात्मक फाइनलमा कीर्गिस्तानसँग ५ सेटमा पुगेर पराजित भएको थियो ।







