काठमाडौँ । नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने विभिन्न एशोसिएसनहरुले माग गरेका छन् ।
परिषद्को काम कारबाहीलाई थप व्यवस्थित बनाउन भन्दै उनीहरूले सदस्यका रूपमा आफ्नो पनि प्रतिनिधित्व गराउन स्वास्थ्य मन्त्री डा. सुधा शर्मासँग माग गरेका हुन् ।
माग गर्ने एसोसिएसनहरूमा नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याब्रेटरी एशोसिएसन अफ नेपाल (मालान), नेपाल फिजियोथेरापी एशोसिएसन (नेप्टा), नेपाल सिएमए संघ र नेपाल दृष्टि विशेषज्ञ संघ छन्।









