काठमाडौँ । राष्ट्रिय सभाको सचिवमा तुलबहादुर कँडेल नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजदेखि लागू हुने गरी राष्ट्रिय सभाको सचिवमा नियुक्ति गरेका हुन् ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, १०६ को उपधारा ९१० बमोजिम काभ्रेपलाञ्चोक चौँरी देउराली गाउँपालिका-८ निवासी कँडेललाई आजदेखि लागू हुने गरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो सभाका सचिव डा. सुरेन्द्र अर्यालले दिएको राजीनामा कात्तिक ११ गते राष्ट्रपतिबाट स्वीकृत भएको थियो ।
उनको शपथ आजै दिउँसो ४ बजे सिंहदरबारस्थित कृषि समितिको सभा हलमा हुने जनाइएको छ ।







