२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इटहरीमा ९ दिनदेखि हराएकी मञ्जुको शव सर्दु खोल्सामा भेटियो, घटना शंकास्पद

अ+ अ-

काठमाडौँ । इटहरी उपमहानगरपालिका-२ की ३५ बर्सिया मञ्जु पौडेल निरौला मृत अवस्थामा फेला परेकी छन्।

 सर्दु जलाधारअन्तर्गतको खोल्सामा शव फेला परेको हो । प्रहरीले घटनास्थल हेर्दा शंकास्पद देखिएको जनाएको छ ।

घटनास्थलको अवस्था शंकास्पद देखिएकाले प्रहरीले प्रारम्भिक निष्कर्ष ननिकाली विस्तृत अनुसन्धान अघि बढाएको छ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार स्थानीयले आज बिहान खोल्सामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनास्थलको प्रारम्भिक अनुगमनपछि घटनाको प्रकृति सामान्य नभएको प्रहरीको भनाइ छ।

गत कार्तिक २४ गते बिहान साढे ८ बजे घरबाट निस्किएकी पौडेल घर नफर्केपछि उनको परिवारजनले त्यही दिन इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि लिखित निवेदन दिएका थिए। परिवारले बेपत्ता भएको जानकारी दिए लगत्तै प्रहरीले खोजतलास थालेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 

प्रहरीले घटनास्थलबाट आवश्यक प्रमाण संकलन गरी शव पोस्टमार्टमका लागि पठाएको छ। घटनाबारे सत्य तथ्य पुष्टिका लागि प्रहरीले परिवारजन, स्थानीयवासी र सम्भावित प्रत्यक्षदर्शी सहितको बयान संकलन कार्य अघि बढाएको जनाएको छ।