२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्रका २८५ अस्थायी कार्यालय स्थायी हुने, कूटनीतिक नियोगको सुरक्षा हेर्ने गुल्मलाई अब गण बनाइने

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालका २८५ अस्थायी कार्यालयहरू अब स्थायी हुने भएका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन (ओएण्डएम) सर्वेक्षण पास गरेसँगै २८५ कार्यालयहरू अब स्थायी कार्यालयको रूपमा परिणत भएका छन् ।

यो निर्णयसँगै सशस्त्र प्रहरीका १७ जिल्लामा रहेका अस्थायी गुल्म, ४५ वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र २ सय १५ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थायी हुने भएका हुन् । यसैगरी कुरिनटारमा रहेको ट्रमा सेन्टर र सातै वटा प्रदेशमा रहेका फिल्ड अस्पताल समेत अब स्थायी संरचनामा सञ्चालन हुने भएका छन् ।

यसअघि सशस्त्र प्रहरी बल नेपालका १११ वटा कार्यालय मात्र स्थायी रहेकोमा यो निर्णयसँगै स्थायी कार्यालयको सङ्ख्या ३९६ वटा पुगेको सशस्त्र प्रहरी बलले जनाएको छ ।

सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार तथा केही पदको समायोजन र विभिन्न कार्यालयहरूको स्तरबृद्धि गरी नयाँ संरचना तयार गरिएको छ । संरचनामा कीर्तिपुरस्थित सशस्त्र प्रहरी बल नेपाल नं। १८ निलबाराही गणको स्तरबृद्धि गरी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकको कमाण्डमा रहने गरी सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन विशेष गण बनाइएको छ ।