२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निमित्त कार्यालय प्रमुखसहित छ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निमित्त कार्यालय प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।

सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा सिंहसहित शिक्षा विकास तथा समन्वय इकाईका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो ।

२६ लाख १५ हजार २०६ रुपैयाँको लगानीमा हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माण गर्न स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई जिम्मा दिएको थियो ।

तर, निर्माण उपभोक्ता समितिले मापदण्ड विपरीत प्रयोगमा ल्याउन नसक्ने गरी भवन तयार गरी फर्जी बिल र प्रतिवेदनका आधारमा भुक्तानी लिएको आयोगको आरोप छ ।

हाल उक्त संरचना प्रयोगविहीन भई भग्नावशेषमा परिणत हुँदा सार्वजनिक सम्पत्तिको हिनामिना हानि नोक्सानी र दुरुपयोग भएको आयोगको आरोप छ ।

आयोगले उनीहरूविरुद्ध जनही १५ लाख ८ हजार ५५७ रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको जनाएको छ ।