२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मौलाकाली केबलकार आजदेखि सञ्चालनमा

अ+ अ-

काठमाडौँ । नवलपुरको गैंडाकोटस्थित मौलाकाली केबलकार आजदेखि सञ्चालनमा आएको छ।

गत भदौ २४ गते जेन जेड आन्दोलनको क्रममा तोडफोड र आगजनी गरिएपछि केबलकार बन्द भएको थियो।

दुई महिनाभन्दा लामो समयपछि केवलकार पुनः सञ्चालनमा आएको केबलकारका स्टेशन म्यानेजर सुरज पौडेलले जानकारी दिए।

उनका अनुसार क्षतिग्रस्त भएको केबलकारको बटम स्टेशनमा रहेको कार्यालय भवन, फर्निचरलगायत प्राविधिक उपकरणहरूको मर्मत तथा सामान फेरेपछि केबलकार सञ्चालनमा आएको हो ।

केवलकार निर्माता कम्पनी अष्ट्रियाको डोपलमायरबाट सामान सहितका प्राविधिकहरू आएर केबलकारको पुनर्निर्माण गरेका हुन्।

पुनर्निर्माणपछि पनि डोपलमायरका दक्ष प्राविधिक इन्जिनियरको समूहले लामो समय परीक्षण गरेपछि नियमित सञ्चालनमा ल्याइएको स्टेशन म्यानेजर पौडेलले बताए।

अब केवलकार पूर्ववत् तालिका अनुसार बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ। केबलकारको सेवा अवरुद्ध हुँदा माथिल्लो स्टेशनमा रहेको इला रिसोर्टको सेवा पनि प्रभावित हुन पुगेको थियो।

केबलकारको सेवा अवरुद्ध हुँदा मौलाकालिका मन्दिरमा आउने भक्तजनको संख्यामा समेत उल्लेख्य गिरावट आएको थियो।

२०८० साल वैशाखदेखि सञ्चालनमा आएको मौलाकाली केबलकारबाट करिब ६ लाख सेवाग्राहीले सेवा लिइसकेका छन्।