२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. राजु थापाले पाए उज्यालो नेपाल पार्टीको प्रवक्ताको जिम्मेवारी

अ+ अ-

काठमाडौँ । उज्यालो नेपाल पार्टीमा प्रवक्ताको जिम्मेवारी डा. राजु थापाले पाएका छन् ।

शनिवार काठमाडौँमा बसेको केन्द्रीय समितिको बैठकले भोजपुरका डा. थापालाई प्रवक्ताको जिम्मेवारी दिएको हो । डा. थापाले विपद् व्यवस्थापनमा पिएचडी गरेका छन् । पेशाले कानुन व्यवसायी समेत हुन् ।

उज्यालो नेपाल पार्टीले हालै निर्वाचन आयोगबाट आधिकारिता प्राप्त दल हो । पार्टीको नेतृत्वमा पूर्वउर्जासचिव अनुपकुमार उपाध्याय रहेका छन् । केन्द्रीय समिति ५१ सदस्यीय छ । यो पार्टीले चुनाव चिह्न बलेको चिम लिएको छ ।

दल दर्तासँगै पार्टीले बृहत् घोषणा सभाको तयारी गरिरहेको छ । केन्द्रीय सदस्य इन्जिनियर डा. शंकर ढकाल नेतृत्वमा घोषणापत्रलाई अन्तिम रुप दिइँदै छ ।

यही १७ मङ्सिरमा प्रज्ञा प्रतिष्ठानमा पार्टीको घोषणा सभा हुनेछ । नेताहरूका अनुसार घोषणा पत्रमा समृद्धि र सुशासनको उज्यालो कार्यक्रम ल्याइनेछ ।

पार्टीका प्रवक्ता डा। थापा आफूहरू एकीकृत वैकल्पिक शक्ति बनाउने प्रयासमा रहेको बताउँछन् । यसका लागि आवश्यक गृहकार्य र चुनावको तयारी एकसाथ अगाडि बढेको डा. थापाले जानकारी दिए ।

नेताहरूका अनुसार उज्यालो नेपाल पार्टी मध्यमार्गी सोचको पार्टी हो र यसको गन्तव्य उन्नत समाजवाद हो । उन्नत मध्यमार्गी समाजवादको सिद्धान्तबाट पार्टी निर्देशित हुनेछ ।

मुख्य उद्देश्य गुणस्तरीय पूर्वाधार र समग्रतामा आर्थिक समृद्धि र क्रान्ति भएको उल्लेख गर्दै नेताहरू आन्टरप्रिनर युतहरूको वर्चस्व हुने गरी पार्टी बनाएको बताउँछन् । समानुपातिक सहभागिता, मेरिटोक्रेसी, सही व्यक्ति, सही ठाउँलाई मूल मन्त्र बनाउने पार्टीको प्रतिबद्धता छ ।