२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई दियो १५० रनको लक्ष्य

अ+ अ-

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को १८ औँ खेलमा कर्णाली याक्सले काठमान्डु गोर्खाजलाई १५० रनको विजयी लक्ष्य दिएको छ।  

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्यािटङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४९ रन बनायो। 

कर्णाली याक्सका लागि गुल्सन झाले सर्वाधिक ४९ रनमा अविजित रहे। उनले २२ बलमा ६ चौका र ३ छक्का प्रहार गरे। 

प्रियांक पञ्चाल रोयल डकको रुपमा पेभेलियन फर्किए। उनी खेलको पहिलो बलमा करण केसीको बलमा कट एण्ड बोल्ड भए। दोस्रो विकेट विलियम वासिस्टो १ रनमा रनआउट भए।  १ ओभर सकिँदा कर्णाली याक्सको दुई विकेट गएको थियो।

तेस्रो विकेटको रुपमा मार्क वाट रन आउट भए। उनले ३० रन बनाए। चौथो विकेट पवन सर्राफ ३५ रनमा सन्तोष यादवको बलमा एलबीडब्ल्यू आउट भए। नजीबुल्लाह जद्रान १२ रनमा क्याच आउट भए। सोमपाल कामी ६ रनमा कट एण्ड बोल्ड भए। 

सातौं विकेट दिपक डुम्रेको विकेट गयो। उनी १० रनमा बोल्ड भए। सातौं विकेटका लागि दिपक र गुल्सनले ५५ रनको साझेदारी गरे। 

नन्दन यादव १ रनमा अविजित रहे।  काठमान्डु गोर्खाजका लागि रासिद खानले २ विकेट लिए।  करण केसी, मिलिन्द कुमार र सन्तोष यादवले १–१ विकेट लिए। 

लिगमा काठमान्डु गोर्खाजको छैटौं खेल हो। काठमान्डुले यसअघि ३ जित र २ हार बेहोरेको छ। काठमान्डु गोर्खाजले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँकग २९ रनले पराजित भएको थियो। तेस्रो खेलमा विराटनगर किंग्ससँग ५ विकेटको हार बेहोरेको काठमान्डुले चौथो खेलमा लुम्बिनी लायन्सलाई २२ रन र पाँचौं खेलमा चितवन राइनोजलाई ५३ रनले हराएको थियो। 

कर्णाली याक्सको यो पाँचौं खेल हो। यसअघिको ४ खेलमा कर्णाली याक्सले एक मात्र जित दर्ता गरेको छ। पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हारेको कर्णाली याक्सले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले हराएको थियो। तेस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग ४५ रन र चौथो खेलमा विराटनगर किंग्ससँग ३ विकेटले पराजित भएको थियो।