काठमाडौँ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीति समीक्षा गर्दै नीतिगत दर घटाएको छ ।
यसअघि कायम रहेको नीतिगत दर ४.५० प्रतिशत रहेकोमा ४.२५ प्रतिशत कायम गरिएको छ ।
त्यस्तै करिडोरको माथिल्लो सीमाको रूपमा रहेको स्थायी तरलता सुविधा दर ६ बाट घटाएर ५.७५ प्रतिशत कायम गरिएको छ भने तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दर २.७५ प्रतिशतलाई यथावत् राखिएको छ ।
राष्ट्र बैंकले नीतिगत दर घटाएपछि बैंकहरुलाई ब्याजदर थप घटाउन दबाब पुग्नेछ ।







