२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्लादिमिर पुटिन नयाँ दिल्लीमा, विमानस्थलै पुगेर मोदीले गरे स्वागत

अ+ अ-

काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन दुईदिने भारत भ्रमणका लागि दिल्ली पुगेका छन् ।

पुटिन सवार विमान बिहीबार साँझ ६ स् ३० बजे (भारतीय समयअनुसार) दिल्लीको पालम विमानस्थलमा अवतरण गरेको हो । पुटिनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँ विमानस्थल पुगेका थिए ।

विमानस्थलमा मोदीले पुटिनलाई अंकमाल गरेर स्वागत गरेका थिए । स्वागतपछि पुटिन र मोदी एउटै गाडीमा सवार भएर विमानस्थलबाट बाहिरिएका थिए ।

पुटिनको स्वागतमा मोदीले आज साँझ ८ बजे रात्रीभोजको आयोजना गरेका छन् ।

भोलि शुक्रबार बिहान ९ बजे राष्ट्रपति भवनमा पुटिनलाई गार्ड अफ अनर प्रदान गरिने तालिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै शुक्रबार बिहान १० बजे पुटिनले राजघाट पुगेर महात्मा गान्धीको शालिकमा माल्यार्पण गर्नेछन् । शुक्रबार बिहान ११ बजे उनी हैदराबाद हाउसमा हुने २३औं भारत–रूस शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

शुक्रबार ४ बजे पुटिनले हैदराबाद हाउसमै आयोजना हुने भारत–रूस बिजनेस फोरमलाई सम्बोधन गर्नेछन् । शुक्रबार साँझ  ५ बजे पुटिनले भारतीय व्यापारिक अगुवासँग भेट गर्ने कार्यक्रम छ । यस्तै भोलि साँझ ७ बजे भारतकी राष्ट्रपति द्रौपदी मुर्मूले पुटिनको सम्मानमा भोज आयोजना गर्ने छिन् ।

पुटिन बिहीबारदेखि करिब ३० घण्टा भारतमा रहनेछन् । भारत–रूसबीच रणनीतिक सम्बन्ध स्थापित भएको २५ वर्ष पूरा भएको सन्दर्भ पारेर पुटिन दिल्ली पुगेका छन् ।

भ्रमण टोलीमा पुटिनसँगै उच्चस्तरीय मन्त्रीस्तरीय टोली पनि भारत आएका छन् । उनको टोलीमा रक्षामन्त्री आन्द्रेइ बेलोउसफ, अर्थ मन्त्री एन्टोन सिलुआनोभ, कृषि मन्त्री ओक्साना लुट, आर्थिक विकास मन्त्री म्याक्सिम रेस्निकोभ, स्वास्थ्य मन्त्री मिखाइल मुर्शाको, गृह मन्त्री भ्लादिमिर कोल्कोल्त्सेभ र यातायात मन्त्री रोमन निकितिन रहेका छन् ।

कच्चा तेल खरिद गरेर युक्रेनविरुद्धको युद्धमा रूसलाई सघाएको भन्दै अमेरिकाले भारतविरुद्ध कडा प्रतिबन्ध लगाइरहेका बेला पुटिनको दिल्ली यात्रालाई महत्वका साथ हेरिएको छ ।

सन् २०२२ मा युक्रेनविरुद्धको युद्ध सुरु भएपछि पुटिन पहिलो पटक भारत भ्रमणमा आएका हुन् ।

सन् २०२३ मा भारतमै भएको जी२० शिखर सम्मेलनमा पुटिन अनुपस्थित भएका थिए ।

भारत र रूसबीच पुरानो र खास सम्बन्ध छ । द्विपक्षीय सम्बन्धकै कारण दुई देशबीच वार्षिक शिखर सम्मेलन समेत हुँदै आएको छ ।

सम्मेलनकै माध्यमले दुई देशका शीर्ष नेता पालैपालोमा एकअर्काको देशमा भेट्ने गर्दछन् । यसरी अहिलेसम्म भारत–रूसबीच २२ शिखर सम्मेलन भइसकेको छ ।

भारत र रूसबीच रक्षा, ऊर्जा, र अन्य व्यापारिक क्षेत्रमा साझेदारी हुँदै आएको छ । सन् २००० अक्टोबरमा भारतीय प्रधानमन्त्री अटल बिहारी वाजपेयी र पुटिनले दुई देशको रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका थिए । पुटिनको भ्रमणका दौरान भोलि शुक्रबार भारत र रूसबीच ९ वटा महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर हुन सक्ने सम्भावना छ ।

मोदी र पुटिनबीच यसअघि गत सेप्टेम्बर १ मा चीनको तिआनजिनमा भएको शांघाई सहयोग संगठन ९एससीओ० शिखर सम्मेलनका बेला भेट भएको थियो ।