२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भन्सार एजेन्टका कर्मचारीको आन्दोलनले राजस्व संकलन प्रभावित

अ+ अ-

काठमाडौँ । सरकारले मङ्सिर २० गते जारी गरेको भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन, २०८२ को प्रावधानप्रति आपत्ति जनाउँदै भैरहवा भन्सारमा कार्यरत भन्सार एजेन्टका कर्मचारीहरू आन्दोलित भएका छन् । 

उनीहरूको आकस्मिक आन्दोलनका कारण आज भैरहवा भन्सारबाट राजस्व असुली हुन सकेन । जसले दैनिक करोडौँको राजस्व लक्ष्यमा गम्भीर असर पारेको छ । 

आन्दोलित भन्सार एजेन्टका कर्मचारीहरूले विशेष गरी भन्सार ऐन, २०८२ को दफा ७१ को उपदफा (झ) को व्यवस्थाको विरोध गरेका छन् । उक्त दफामा गरिएको व्यवस्थाअनुसार ‘(झ) घोषणाकर्ताले दफा २० को उपदफा (३) बमोजिम विद्युतीय माध्यमबाट कम्प्युटर प्रणालीमा वस्तुको विवरण घोषणा गर्दा संलग्न गर्नुपर्ने कागजात फरक रूपमा संलग्न गरेमा त्यस्तो घोषणाकर्तालाई सो घोषणा बमोजिम लाग्ने भन्सार महसुलको दश प्रतिशत जरिवाना र लाग्ने महसुल असुल गरी त्यस्तो वस्तु जाँचपास गर्नु ।” भन्ने उल्लेख छ ।

भन्सार एजेन्टहरूका अनुसार यो व्यवस्था अव्यवहारिक छ । कागजात संलग्न गर्ने प्रक्रियामा सामान्य त्रुटि वा मानवीय भूल भएमा पनि लाग्ने महसुलको दश प्रतिशत (१० प्रतिशत) जरिवाना तिर्नुपर्ने भएकाले यसले काम गर्न असहज बनाएको र अनावश्यक आर्थिक भार थोपरेको उनीहरूको तर्क छ ।

आन्दोलनकर्ता राजु बस्नेतले पहिला सहज रूपमा भइरहेको कामलाई पनि यो ऐनले बल्झाएको बताए । 

“काम गर्दा त्यहाँ मानवीय त्रुटि हुन सक्छ त्यसमा ठूलो जरिवाना लगाउँदा हामी बेरोजगार हुने अवस्था आउँछ”, बस्नेतले भने, “त्यो रकम व्यापारी र भन्सार एजेण्टले तिर्दैन त्यो हामी कर्मचारीको  तलबबाट काटिने हो ।” आन्दोलित पक्षले यसको निकास ननिस्के सम्म काम नगर्ने जनाएका छन् । 

यस विषयमा नेपाल भन्सार एजेन्ट संघले भने आधिकारिकता जनाएको छैन । संघका रुपन्देही अध्यक्ष मधु पन्थीले यो भन्सार एजेन्ट संघको आन्दोलन नभई एजेन्टहरूसँग काम गर्ने कर्मचारीको मात्र रहेको बताए । तर कर्मचारीहरूको माग जायज रहेकाले अब यस विषयमा कसरी अगाडि बढ्ने विषयमा छलफल भइरहेको उनको भनाइ छ । 

भैरहवा भन्सार कार्यालय प्रमुख हरिहर पौडेलका अनुसार भैरहवा भन्सारले यो महिनाको लक्ष्य ८५९ करोड प्राप्त गरेको छ । यस हिसाबले दैनिक रु ३३ करोड राजस्व असुली गर्ने लक्ष्य भन्सारको छ । तर भन्सार एजेन्टको कर्मचारीको आन्दोलनका कारण भन्सार जाँचपास अवरुद्ध हुँदा सम्पूर्ण राजस्व संकलन ठप्प भएको छ । 

भन्सार प्रशासनले हरेक मामिलामा बदनियतको अवस्था हेरेर जरिवाना लगाउने वा नलगाउने निर्णय गर्न सक्छ । तर ऐनमा कडा व्यवस्था राख्नुले भविष्यमा हुने छल्ने प्रयासलाई निरुत्साहित गर्ने प्रमुख भन्सार अधिकृत पौडेलले बताए ।