२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वामदेव गौतमको दाबी : ‘आगामी निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीले बहुमतको सरकार बनाउँछ’

अ+ अ-

काठमाडौँ । फागुन २१ गते हुने निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बन्ने पार्टीका नेता वामदेव गौतमले दाबी गरेका छन्। 

बिहीबार प्यूठानको जुम्रिमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए।

‘जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिलाई राजनीतिक निकास दिन हाम्रा नेताहरू प्रचण्ड र माधव नेपालले भूमिका खेल्नुभयो,’ उनले भने, ‘सुशीला कार्की, राष्ट्रपति र जेनजीका प्रतिनिधिहरूको संलग्नतामा अहिलेको सरकार बनेको हो।’ 

नेकपा नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग मिलेर लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद ल्याउने उल्लेख गरे। राष्ट्रिय पुँजीवाद र बहुदलीय प्रतिस्पर्धाको आधारमा समाजवादी व्यवस्था ल्याउने उनको भनाइ थियो।

‘तपाईँ चुनाव लड्न फेरि प्यूठान आउन लाग्नु भएको हो ?,’ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले आफू चुनावका लागि भनाइ कम्युनिष्ट पार्टीबीचको एकता सन्देश प्रवाह गर्न प्यूठान आएको उल्लेख गरे। 

‘कम्युनिष्ट पार्टीहरूबीच एकता जेनजी आन्दोलनकै कारण विकसित भएको हो। अब युवा पुस्ताले नेतृत्व गर्ने हो, ७० कटेका नेताहरूको अनुभवलाई अभिभावकीय भूमिकाको रूपमा उपयोग गर्ने हो, ’उनले भने।