काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान अयोगले कारागार कार्यालय प्रमुख सहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
सार्वजनिक सम्पत्ति हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा कारागार कार्यालय कुश्मा पर्वतका कार्यालय प्रमुख तथा मूल्यांकन समितिका अध्यक्ष शिला श्रेष्ठसहित५ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।









