२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक छ’ : शेखर कोइराला

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रिय एकता र मेलमिलापको महत्त्व अहिले पनि सान्दर्भिक रहेको बताएका छन् । 

राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज जारी सन्देशमा उनले लोकतान्त्रिक आन्दोलनका नेता स्व विपी कोइराला, गणेशमान सिंहलगायतले आजकै दिन भारतको आठ वर्षे प्रवास त्यागी राष्ट्रिय मेलमिलापको सन्देशसहित स्वदेश फर्किएको ऐतिहासिक घटनाको स्मरण गरे । 

राष्ट्रिय मेलमिलाप अब काँग्रेसको मात्र विषय नभई सम्पूर्ण सार्वभौम नेपालीको साझा जिम्मेवारी भएको उनको भनाइ छ । सत्ता राजनीतिभन्दा माथि उठेर राष्ट्रिय एकता र मेलमिलापका लागि जनस्तरमा जागरूकता, सतर्कता र ऐक्यबद्धता अपरिहार्य भएको नेता डा कोइरालाले बताए । 

उनले लोकतन्त्रको रक्षा गर्दै भावी पुस्तालाई शान्ति र समृद्धिको बाटोमा अघि बढाउन आन्तरिक विवाद, मतभिन्नता र व्यक्तिगत महत्वाकाङ्क्षा त्यागेर आगामी राष्ट्रिय निर्वाचनमा एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।

नेता डा कोइरालाले राजनीतिक परिवेशमा देखिएका नयाँ चुनौतीको सामना गर्न सम्पूर्ण राजनीतिक दल एकतामा जोडिनुको विकल्प नरहेको उल्लेख गर्दै विपी कोइरालाको मेलमिलाप नीतिले काँग्रेसलाई राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका निर्वाह गर्न मार्गदर्शन गर्ने विश्वास व्यक्त गरे ।