२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन दलीय गठबन्धनको निर्वाचन कार्यदल गठन

अ+ अ-

काठमाडौँ । रुपन्देहीमा नागरिक उन्मुक्ति पार्टी नेपाल, राष्ट्रिय मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीबीचको तीन दलीय गठबन्धनले आउँदो निर्वाचनका लागि रुपन्देही जिल्लामा ९ सदस्यीय निर्वाचन परिचालन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

तीनवटा पार्टीका जिल्ला अध्यक्षहरू र नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा. उमाशंकर प्रसाद चौधरीलगायतका नेताको उपस्थिति र नागरिक उन्मुक्ति पार्टी नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष विजय बहादुर सिंह चौधरीको अध्यक्षतामा बुधवार बसेको संयुक्त बैठकले कार्यदल बनाएको हो ।

नागरिक उन्मुक्ति पार्टी नेपालका महासचिव डा. उमाशंकर प्रसाद चौधरीले फागुन २१ गते हुने निर्वाचनमा तीन दलीय गठबन्धनको सरलीकरण सहजीकरण र व्यापक प्रचारप्रसारका लागि कार्यदलको गठन गरिएको बताए ।

पहिचान सुशासन, संघीयता, समावेशितालगायतका विषयमा तीन दल बिचको चुनावी मुद्दा मिल्ने भएकाले गठबन्धन गरिएको र ‘समतामूलक समाजको निर्माण गर्न र पहिचान सहितको संघीयताको पक्षमा गठबन्धनको अडान स्पष्ट रहेको चौधरीले जनाए ।

कार्यदलको संयोजकमा नागरिक उन्मुक्ति पार्टी नेपाल रुपन्देहीका जिल्ला अध्यक्ष विजयबहादुर सिंह चौधरी रहेका छन् । सदस्यमा, राष्ट्रिय मुक्ति पार्टी नेपाल रुपन्देहीका अध्यक्ष मुकेश यादव, जनता समाजवादी पार्टीका रामकेश धवल, सुनिल पाठक र रामजन अलि, राष्ट्रिय मुक्ति पार्टीका दिनेश मिश्र, जोगेन्द्र यादव, नागरिक उन्मुक्ति पार्टीका कमाल हसान खान र श्याम बहादुर चौधरी छन् ।