काठमाडौँ । अमरेशकुमार सिंह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन् ।
रास्वपा मार्फत नयाँ राजनीतिक अध्यायको सुरुवात गर्न लागेको उनले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएका छन् ।
उनले माघ ५ गते जनकपुरमा हुने रास्वपाको आमसभामा पार्टी प्रवेश गर्न लागेको जानकारी दिएका छन् ।







