२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय सभा : शून्य समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाको बुधबारको बैठकमा सदस्यहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकको शून्य समयमा सदस्यहरूले सडकको कमजोर अवस्था, जाजरकोटका भूकम्पपीडितले हालसम्म राहत नपाएकादेखि लिएर निर्वाचन नजिकिँदै जाँदा सामाजिक सञ्जालमा आएका भ्रामक सूचनाको पछि लाग्न नहुने धारणा राखेका हुन्।

सदस्य कमला पन्तले २०७२ सालको भूकम्पमा परेका भूकम्पपीडितले केही राहत पाए पनि जाजरकोट भूकम्पका परेका पीडितले अहिलेसम्म पनि राहत नभएका भन्दै ती नागरिकलाई तत्काल राहत प्रदान गर्न सरकारको ध्यानाकर्षण गराए ।

सदस्य नारायणदत्त मिश्रले देशको धेरैजसो स्थानका सडकहरूको अवस्था कमजोर हुनुका साथै खल्डाखुल्डी भएर कारण यात्रा गर्न कठिन भएको भन्दै डोटी जिल्लामा कालोपत्र गर्ने भनिएको सडक त्यतिकै अलपत्र परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

सदस्य भुवनबहादुर सुवारले अघिल्लो आर्थिक वर्षमा दलितका लागि छुट्याइएको बजेट त्यतिकै फ्रिज भएको स्मरण गराउँदै वर्तमान सरकारको अर्थ मन्त्रालयले दलित समुदायका लागि रू. ५० करोड विनियोजन गरेकामा तत्काल त्यसको कार्यान्वयनका लागि ध्यानाकर्षण गराए।

सदस्य युवराज शर्माले प्रधानमन्त्री सुशीला कार्कीसहित सरकारका मन्त्रीले सम्पत्ति सार्वजनिक गर्नुपर्ने माग गर्दै मुलुकमा सुशासन कायम गर्नका लागि सरकारमा बस्ने व्यक्ति पारदर्शी हुनुपर्नेमा जोड दिए । सदस्य राजेन्द्रलक्ष्मी गैरेले देशका विभिन्न क्षेत्रमा सडकको अवस्था दयनीय भएको बताउँदै सडक निर्माणमा ध्यान नदिँदा यात्रुले समस्या भोग्नुपरेको परेकोप्रति सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रिय सभाका सदस्य सुरेशकुमार आलेमगरले गत भदौ २३ र २४ गतेको आन्दोलनमा ठुलो जनधनको क्षति भएको हुनाले उक्त घटनाका विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए ।