२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व मेयरसहित ठुलो संख्यामा एमाले नेता कार्यकर्ता नेकपामा समाहित, ‘प्रचण्ड’ले गरे स्वागत

अ+ अ-

काठमाडौँ ।  सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका संस्थापक मेयर तथा एमाले सिन्धुपाल्चोकका नेता निमफुन्जो शेर्पा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा समाहित भएका छन्। केही दिनअघि एमाले परित्यागको घोषणा गरेका शेर्पा शुक्रबार काठमाडौँमा आयोजित मतदाता भेटघाट तथा पार्टी समायोजन कार्यक्रममार्फत औपचारिक रूपमा नेकपामा समाहित भएका हुन्। 

नेकपा सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क समन्वय, प्रतिनिधि सभा क्षेत्र नं. १ निर्वाचन परिचालन समितिद्वारा आयोजित कार्यक्रममा शेर्पालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख अग्निप्रसाद सापकोटालगायतका नेताहरूले स्वागत गरेका हुन्। 

कार्यक्रममा नेकपाका नेताहरूले शेर्पाको प्रवेशले सिन्धुपाल्चोकमा नेकपाको संगठन थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन्। शेर्पासँगै सिन्धुपाल्चोकका एमालेका ठुलो सङ्ख्याका नेता तथा कार्यकर्ताहरू पनि नेकपामा समाहित भएको नेकपा सिन्धुपाल्चोकका संयोजक गोविन्द पराजुललीले बताए। 

यसलाई आगामी निर्वाचनलाई लक्षित गर्दै जिल्लामा नेकपाको आधार विस्तार र एकताबद्धता सुदृढ गर्ने महत्त्वपूर्ण कदमका रूपमा हेरिएको उनले जनाए।

कार्यक्रममा प्रतिनिधिसभा सदस्यका लागि सिन्धुपाल्चोक क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार माधव सापकोटा ‘सुबोध’, समानुपातिक उम्मेदवार लालकान्छा तामाङ, भगवती नेपाललगायत जिल्लाका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो। नेता तथा कार्यकर्ताको सहभागिताबीच सम्पन्न कार्यक्रममा वक्ताहरूले पार्टी एकता, जनविश्वास र आगामी निर्वाचनमा विजय सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

पार्टी प्रवेश गरेका शेर्पाले ‘समाहित हुने सबै नेता कार्यकर्तालाई पूर्व पार्टीको जिम्मेवारीबाट नघट्ने गरी व्यवस्थापन गरिने’ समझदारी पत्र ग्रहण गर्दै एमालेलाई सिन्धुपाल्चोकमा एउटा वडा पनि नजित्ने बनाउने उद्घोष गरे। उनले आउँदो संघीय निर्वाचनमा नेकपाका उम्मेदवार माधव सापकोटालाई जिताएरै छाड्ने उद्घोष गरेका छन्।