२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्व बैंकद्वारा नेपालका लागी साढे ६ अर्ब लागतको डिजिटल रूपान्तरण परियोजना स्वीकृत

अ+ अ-

काठमाडौँ । विश्व बैंकले नेपालमा डिजिटल शासन र सेवा प्रवाह सुदृढ गर्ने उद्देश्यसहित करिब ५ करोड अमेरिकी डलर बराबरको सहयोग कार्यक्रम स्वीकृत गरेको छ । यो रकम नेपाली मुद्रामा झण्डै ६ अर्ब ६५ करोड रुपैयाँ बराबर हुन्छ ।

विश्व बैंकको कार्यकारी निर्देशक बोर्डबाट स्वीकृत उक्त कार्यक्रममार्फत एकीकृत नागरिक सेवा पोर्टल तथा सामाजिक रजिस्ट्री प्रणालीलाई सशक्त बनाइने लक्ष्य लिइएको छ । यसले सरकारी सेवाहरूलाई क्रमशः अनलाइन माध्यमबाट उपलब्ध गराउँदै सेवा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमअन्तर्गत डिजिटल लकरको विकास, हाल म्यानुअल प्रक्रियामा आधारित सेवाहरूलाई डिजिटल प्रणालीमा रूपान्तरण, तथा डाटा पूर्वाधार क्षेत्रमा निजी क्षेत्रको लगानी आकर्षित गर्न आवश्यक कानुनी तथा नियामक सुधारसमेत समावेश गरिएको छ ।

माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका क्षेत्रीय निर्देशक डेभिड सिसलेनका अनुसार यस पहलले सार्वजनिक सेवा प्रवाहलाई थप समावेशी, पारदर्शी र प्रभावकारी बनाउँदै सुशासन प्रवर्द्धनमा योगदान पुर्‍याउने विश्वास लिइएको छ ।

विश्व बैंकका अनुसार यो कार्यक्रम विश्व बैंक र एसियाली विकास बैंकबीचको सहवित्तीय संयन्त्रअन्तर्गत सञ्चालन हुनेछ । विश्व बैंक मुख्य ऋणदाता रहनेछ भने एसियाली विकास बैंकले थप ४ करोड अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराउने योजना छ । एडीबीबाट उक्त रकम आगामी महिनामा स्वीकृत हुने अपेक्षा गरिएको छ ।

परियोजनाको कार्यान्वयन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमार्फत गरिने जनाइएको छ ।