२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विश्वप्रकाश शर्माको अपिल : ‘देश र मधेश पीडामा छन्, सम्हाल्न सक्ने शक्तिलाई जिताउनुहोस्’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश र मधेश दुवै संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै यस्तो समयमा परिस्थिति सम्हाल्न सक्ने शक्तिलाई जिताउनुपर्ने आवश्यकता औँल्याएका छन्।

बुधबार जनकपुरधाममा आयोजित काँग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको चुनाव सामान्य प्रतिस्पर्धाभन्दा फरक भएको बताए।

‘हामी जान्दछौँ-यो बेला देश दुखिरहेको छ, मधेश दुखिरहेको छ,’ उनले भने, ‘अहिले मूल प्रश्न कसलाई जिताउने भन्ने होइन, यो परिस्थितिमा देशलाई कसले सम्हाल्न सक्छ भन्ने हो।’

उपसभापति शर्माले काँग्रेसका लागि जित वा हार अनौठो विषय नभएको उल्लेख गर्दै अहिलेको बहस व्यवस्थाको भविष्यसँग जोडिएको बताए।

उनले मधेशको योगदानप्रति विशेष सम्मान व्यक्त गर्दै मधेशलाई देशको अन्न भण्डारका रूपमा चित्रण गरेका छन्।