काठमाडौँ । झापा-१ निर्वाचन क्षेत्रमा निशा डाँगीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टिकटबाट प्रतिनिधि सभा सदस्यको निर्वाचनमा विजय प्राप्त गरेकी छन्।
निशा डाँगीले कुल ४५ हजार ६८० मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार केशवराज पाण्डेलाई ३५ हजार मतको फराकिलो अन्तरले पराजित गरेकी हुन्। पाण्डेले यस निर्वाचनमा १० हजार ५५० मत मात्र प्राप्त गरेका छन्।







