काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता डा. प्रकाशरण महतले पार्टीभित्र स्थायी एकता कायम गर्न सबै स्तरका सदस्यहरूको सक्रिय सहभागिता अनिवार्य रहेको बताएका छन्।
पार्टीको केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशनको कार्यतालिका पारित गरेपछि महतले मानसिक र भौतिक रूपमा एकीकृत नहुँदा पार्टी बलियो बन्न नसक्ने र वर्तमान चुनौतीपूर्ण परिस्थितिमा यो अझ कठिन हुने स्पष्ट पारेका छन्।
उनले पार्टीभित्र फैलिएको निराशाको भावलाई सकारात्मक आशामा परिवर्तन गर्न आवश्यक रहेको पनि जोड दिएका छन्।
निवर्तमान प्रवक्तासमेत रहेका महतले पार्टीमा सहमति र समन्वयको वातावरण निर्माणमा आफ्नो स्तरबाट योगदान गर्न सधैँ तयार रहेको बताएका छन्।







