२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बेनीमा शान्ति पार्क बनाउने योजना कार्यान्वयन भएन

अ+ अ-

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा शान्ति पार्क निर्माण गर्ने योजना कार्यान्वयनमा अलमल र अन्योल सृजना भएको छ । पार्क निर्माण गर्ने ठाउँको टुंगो नलाग्दा तीन वर्षअघि बेनी नगरपालिकाले अघि सारेको शान्ति पार्क निर्माण योजनाका लागि बर्सेनि बजेट विनियोजन भए पनि कार्यान्वयन हुन नसकेको हो ।

म्याग्दी हुँदै मुस्ताङ जाने आउने पर्यटकलाई भुलाउने उद्देश्यले शान्ति पार्क निर्माणका लागि रु १० करोड लागत अनुमान गरिएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर स्रोतको व्यवस्था भए पनि योजना कार्यान्वयन नहुँदा बजारवासी निराश भएका छन् ।

पार्क निर्माणका लागि गत आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिका र गण्डकी प्रदेश सरकारले रु २०–२० लाख बजेट विनियोजन गरेका थिए । यस वर्ष नगरपालिकाले रु २५ लाख बजेट विनियोजन गरेको योजना स्थानको टुंगो नलाग्दा हालसम्म कार्यान्वयन हुन नसकेको बेनी नगर कार्यपालिकाको प्रवक्तासमेत रहेका वडा नं ७ का वडाध्यक्ष रमेश श्रेष्ठले बताए। 

“नगरपालिकाले वीरेन्द्रचोकस्थित रेडक्रस, वन डिभिजनको नर्सरी, आवासभन्दा पछाडिको १० रोपनी जग्गामा पार्क बनाउन प्रस्ताव गरेको थियो”, उनले भने, “बराहपाखो सामुदायिक वनमा पर्ने उक्त क्षेत्रमा पार्क बनाउने कार्ययोजनामा समेटेर योजना कार्यान्वयनको पहल भए पनि वन क्षेत्रमा काम गर्न जोखिम लिन नचाहेकाले समस्या भएको हो ।”

हाल प्रस्तावित ठाउँमा पार्क बनाउन नमिल्ने अवस्था भएमा महारानी थानस्थित बराहपाखोको सार्वजनिक जग्गामा निर्माण भएका पूर्वाधारलाई व्यवस्थित गरेर पार्क सञ्चालन गर्नुपर्ने वडाध्यक्ष श्रेष्ठको भनाइ छ । महारानी थानमा पार्कका लागि पोखरी, चौतारी निर्माण, जग्गा व्यवस्थापनलगायतका काम सकिएको छ ।

बालबच्चा, ज्येष्ठ नागरिकलाई टहलिन तथा घुम्न आउने पाहुनाहरूलाई भुलाउने उद्देश्यले २०६० साल चैत ७ गते बेनी भिडन्तसँग सम्बन्धित सामग्री राखेर शान्ति पार्क बनाउने योजना प्रस्ताव गरिएको थियो । शान्ति पार्कलाई नगरपालिकाले पछिल्लो तीन वर्षयता गौरव र प्राथमिकताप्राप्त योजनाको सूचीमा राख्दै आएको छ ।

बराहपाखो सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णु गौतमले नगरपालिका र वन डिभिजन कार्यालयले समन्वय गरेर पार्क निर्माणस्थल छनोट गरेमा योजना कार्यान्वयनमा समस्या नरहेको बताए। वन समूहको कार्ययोजनामा समेटिएकाले आफूहरूको तर्फबाट कुनै समस्या नभए पनि नगरपालिकाकै इच्छाशक्ति र सक्रियता आवश्यक रहेको उनले बताए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पार्क निर्माणस्थलको टुंगो लगाएर योजना कार्यान्वयनका लागि पहल गरिरहेको बताए। उनका अनुसार शान्ति पार्क निर्माणस्थल टुंगो लगाउन बेनी बजार रहेको वडा नं ७ र ८ को आमभेला बेलाएर परामर्श र सल्लाह सुझाव लिने तयारी भएको छ ।  

0 Comments