२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आँबुखैरेनी गाउँपालिका पूर्ण खोप सुनिश्चितता

अ+ अ-

तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिका कार्यालयलाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । गाउँपालिका मातहत रहेका छ वटा वडामा रहेका ७८९ जना बालबालिकालाई १५ महिनाभित्रका सबै खोप पूरा गरेपछि पूर्ण खोप पालिका घोषणा गरेको हो । 

पाँच वर्ष मुनिका बालबालिका भएका घरको सर्वेक्षण गरी सबै खोप पूरा भए नभएको खोप कार्ड हेरिएको आँबुखैरेनी स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए। 

उनले भने, “सर्वेक्षणका क्रममा आँबुखैरेनी बजारका चार जना भारतीय व्यापारीका छोराछोरीमा खोप पूरा नगरेको पाइएपछि आँबुखैरेनी अस्पतालमा ल्याई खोप लगाइएको थियो ।” 

फागुन र चैत महिनामा नौ वटा स्वास्थ्य संस्थाका १६ जना स्वास्थ्यकर्मी र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको सहयोगमा घरधुरी सर्वेक्षण गरिएको स्वास्थ्य शाखाले जनाएको छ । 

गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गर्न स्वास्थ्यकर्मी र स्वयंसेविका महिलाको भूमिका अतुलनीय रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए। 

उक्त छवटै वडाका वडाध्यक्ष र स्वास्थ्यकर्मीलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको छ । प्रदेश जनस्वास्थ्य कार्यालयका खोप अधिकृत शंकरबाबु अधिकारीले बालबालिकाको रोग निवारण, उन्मुलन र रोकथामका लागि खोपको महत्त्वपूर्ण रहेको बताए । 

उनले भने, “खोप सुरक्षित र शक्तिशाली भएका कारण बाल मृत्युदर न्यून बन्दै गएको छ ।” जिल्लाका १० वटै पालिका पूर्ण खोप घोषणा भइसकेको र छिट्टै सार्वजनिक गर्ने योजना रहेको छ । 

भौगोलिक विकटता र अज्ञानका कारण अझै पनि कतिपय स्थानमा बालबालिकालाई खोप लगाउन छुटेको हुनसक्छ त्यसतर्फ स्वास्थ्यकर्मी सचेत बन्न खोप अधिकृत अधिकारीले आग्रह गरे । 

Leave a Reply