१७ श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘इतिहास र अग्रजप्रति सम्मान आवश्यक’ : माधव नेपाल

अ+ अ-

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सहसंयोजक माधव नेपालले देशको राजनीतिक तथा ऐतिहासिक विकासमा योगदान पुर्‍याएका अग्रज व्यक्तित्वप्रति सम्मानको भावना विकास गर्नुपर्ने बताएका छन्।

उनले विशेष गरी युवा पुस्ताले इतिहास, त्यससँग जोडिएका व्यक्तित्व र उनीहरूको योगदानलाई बुझ्ने तथा सम्मान गर्ने संस्कार आवश्यक रहेको उल्लेख गरे।

आगजनीबाट ऐतिहासिक तथा बौद्धिक सम्पदामा क्षति
तुल्सीलाल अमात्यको २९औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेपालले जेन जेड आन्दोलनका क्रममा सरकारी संरचना, महत्वपूर्ण अभिलेख, विभिन्न राजनीतिक नेताका निवास तथा ऐतिहासिक महत्वका सामग्रीमा आगजनी भएको उल्लेख गरे। यस्ता घटनाले राजनीतिक र बौद्धिक सम्पदा मात्र नभई सम्बन्धित संस्थाहरूले समेत दीर्घकालीन क्षति व्यहोर्नुपरेको उनको भनाइ थियो।

उनका अनुसार आगलागीका कारण नेकपा एमालेको पुस्तकालयमा सुरक्षित रहेका बहुमूल्य पुस्तक र सामग्रीसमेत नष्ट भएका थिए।

हिंसात्मक गतिविधिप्रति चिन्ता
नेपालले पछिल्लो समय समाजमा हिंसा र आगजनीका घटनाप्रति चिन्ता व्यक्त गर्दै यस्ता गतिविधिले व्यक्ति, परिवार र सम्पत्तिमाथि गम्भीर असर पार्ने बताए। अरूमाथि हुने क्षतिलाई आफ्नै जीवनसँग जोडेर सोच्ने संस्कार विकास गर्न आवश्यक रहेको उनको धारणा थियो।

उनले समाजमा सहिष्णुता, आपसी सम्मान र जिम्मेवारीबोधलाई सुदृढ बनाउँदै हिंसात्मक प्रवृत्तिबाट टाढा रहन सबै पक्षलाई आग्रह गरे।

आत्मसमीक्षाको आवश्यकता
कार्यक्रममा नेपालले प्रत्येक व्यक्तिले आफ्ना कामको समीक्षा गर्दै सही र गलत व्यवहारको मूल्यांकन गर्नुपर्ने उल्लेख गरे। समाजमा विनाश र हिंसालाई प्रोत्साहन गर्ने प्रवृत्तिभन्दा संवाद, संयम र उत्तरदायित्वको संस्कृतिलाई प्राथमिकता दिनुपर्नेमा उनले जोड दिए।

0 Comments