२६ भाद्र २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद कार्कीको प्रश्न-‘संविधानमा लेखिएको मौलिक हक र नागरिकले पाउने व्यवहारिक सेवामा यति दुरी किन ?’

अ+ अ-

काठमाडौँ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा.तोसिमा कार्कीले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल परिसरबाहिरै एक महिलाले बच्चा जन्माएको घटनाप्रति सरकार र अस्पताल प्रशासनमाथि गम्भीर प्रश्न उठाएकी छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले यस्तो प्रश्न उठाएकी हुन् । उनले प्रसव पीडामा रहेकी महिलालाई तत्काल अस्पतालमा भर्ना गरी सुरक्षित प्रसूतिको व्यवस्था गर्नुपर्नेमा अस्पताल परिसरबाहिरै बच्चा जन्माउनुपर्ने अवस्था आउनुमा अस्पताल प्रशासनको कमजोरी रहेको बताइन् । उनले संविधानले स्वास्थ्य, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको अधिकार सुनिश्चित गरे पनि नागरिकले व्यवहारमा त्यसको अनुभूति गर्न नसकेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराइन् । उनले अस्पताल प्रशासनले बिरामी अस्पतालबाट कहिले र कसरी बाहिरिइन् भन्नेबारे समेत जानकारी भनी दिएको जवाफप्रति समेत आपत्ति जनाइन् । राजविराज नगरपालिका-१४ पर्साही निवासी हरेराम पासवानकी श्रीमती बबिता पासवानलाई सुत्केरी व्यथा लागेपछि अस्पताल लगिएकोमााा उनीसँग उपचारका लागि आवश्यक रकम नभएको भन्दै अस्पतालले भर्ना गर्न अस्वीकार गरेको थियो । पासवानसँग तत्काल २ हजार ५ सय रुपैयाँ मात्र रहेको र सो रकमका कारण अस्पतालले भर्ना लिन अस्वीकार गरिएको छ ।

सांसद कार्कीले भनिन्, ‘संविधानमा हामीले स्वास्थ्यको हक लेख्यौँ, सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्यको हक लेख्यौँ । तर कागजमा लेखिएको नि:शुल्क सेवा र नागरिकले पाउने वास्तविक व्यवहारिक सेवामा यति धेरै दुरी किन सभामुख महोदय ? मेरा केही प्रश्न छन् । प्रसव पीडामा भएकी महिलालाई तत्काल भर्ना गरेर तपाईँ कतै नजानुस् है तपाईँको घर खुलिसकेको छ, तपाईँलाई हामी निरन्तर हेर्छौँ भन्नुपर्ने थियो । त्यो भनियो कि भनिएन ? अनि अस्पतालले हामीलाई जानकारी नै छैन कुन बेला बिरामी निस्किएर गयो भनेर भन्न पाउँछ ?’

उनले बबिताजस्ता हरेक सुत्केरी र प्रसव पीडा भएका महिलासम्म राज्य पुग्नुपर्ने बताइन् ।

0 Comments