२७ भाद्र २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देशका समस्या र जनताका एजेण्डाले अग्रगामी मोर्चा बन्यो’: जनार्दन शर्मा

अ+ अ-

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता एवं पूर्व मन्त्री जनार्दन शर्माले देशका समस्या र जनताका एजेन्डाको एकताबाट अग्रगामी मोर्चा गठन भएको बताएका छन् ।  

शनिवार जनकपुरमा अग्रगामी मोर्चाले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले मोर्चा कुनै व्यक्ति वा शक्तिको स्वार्थबाट नभई देशका विद्यमान समस्या समाधान गर्ने उद्देश्यले गठन गरिएको दाबी गरेका हुन् । उनकाअनुसार मोर्चामा समावेशी नेतृत्वसँगै विभिन्न राजनीतिक आन्दोलन तथा युद्धका अनुभव बोकेका शक्तिहरूको समिश्रण रहेको छ । मोर्चाप्रति कतिपय राजनीतिक नेताहरूले प्रश्न उठाइरहेको उल्लेख गर्दै शर्माले केहीमा मोर्चालाई लिएर ‘आतंक’ पैदा भएको टिप्पणी गरे । तर अग्रगामी मोर्चा राष्ट्र निर्माण र राष्ट्रियताको रक्षाका लागि गठन गरिएको उनको दाबी छ । 

उनले भने, ‘अग्रगामी मोर्चा कसरी र किन बन्यो भन्ने प्रश्न उठिरहेको छ । यो मोर्चा हामीले मात्र बनाएको होइन, देशका समस्याले र साझा एजेन्डाको एकाग्रताले बनाएको हो । यो केवल राजनीतिक मोर्चा मात्र होइन, समावेशी नेतृत्वको टिम पनि हो । विभिन्न आन्दोलन र संघर्षका अनुभवहरूको समिश्रणबाट यो मोर्चा निर्माण भएको हो । त्यसैले आज कतिपय नेताहरूले यसप्रति प्रश्न उठाए पनि र कतिपयमा यसले भय पैदा गरे पनि यो मोर्चा कुनै व्यक्तिविशेषविरुद्ध होइन। यो राष्ट्र निर्माण, राष्ट्रियताको रक्षा र देशको हितका लागि बनेको हो ।’

उनले मोर्चाले विभिन्न आन्दोलनका अनुभवलाई समेट्दै देशका राजनीतिक, सामाजिक तथा आर्थिक समस्या समाधानका लागि नयाँ ढंगले अघि बढ्ने बताए ।  

0 Comments