२९ भाद्र २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाँदरले दुःख दिएपछि भोजपुरका किसान बेसार खेतीतर्फ आकर्षित

अ+ अ-

भोजपुर । बाँदरले अन्नबाली नष्ट गरेर हैरानी पारेपछि भोजपुरका किसानहरू वैकल्पिक बालीका रूपमा बेसार खेतीतर्फ आकर्षित हुन थालेका छन् । मकै, कोदो, धान र विभिन्न फलफूल बाँदरले सखाप पारेपछि बचाउन कठिन भएसँगै स्थानीय बेसार खेतीमा लागेका हुन् ।

विशेष गरी तल्लो भेग र जङ्गल आसपासका क्षेत्रमा बाँदरको त्रास बढी हुने भएकाले ती स्थानमा बेसार खेती विस्तार भइरहेको भोजपुर नगरपालिका–५ बोखिमका स्थानीय किसान नवराज फुँयालले बताए । बाँदरबाट बचाउन बेसार सुरक्षित र आयआर्जनको भरपर्दो माध्यमका बन्दै गएको उनको भनाइ छ ।

“मकै, कोदा जस्ता खेती बाँदरबाट जोगाउनै मुस्किल छ,” उनले भने, “बेसारको गानो बाँदरले नखाने भएकाले यो बाली हाम्रा लागि उत्तम विकल्प बनेको छ । पछिल्लो समय बाँदरको समस्या रहेको ठाउँमा बेसार खेती गर्ने चलन बढ्न थालेको छ ।” बेसार खेतीबाट किसानले आम्दानी पनि राम्रो गरिरहेका छन् । भोजपुर नगरपालिका–५ की अर्की किसान मैयानानी न्यौपानेका अनुसार उत्पादन भएको बेसार स्थानीय बजारमै सहजै बिक्री हुने गरेको छ । हाल स्थानीय बजारमा बेसार, पीठोप्रति कुरुवा रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको न्यौपानेले जानकारी दिए ।

उत्पादित बेसार बिक्रीका लागि बजारको कुनै समस्या नरहेकाले किसानहरू थप उत्साहित भएका हुन् । जङ्गल नजिकका खेतबारीमा अन्य बाली लगाउँदा स्याहार्नै नपाई बाँदरले सखाप पार्ने समस्या वर्षौँदेखि रहँदै आएको थियो । स्थानीय किसान भीमप्रसाद न्यौपानेका अनुसार बाँदरको समूहले खेतबारी लगाएको अन्य अन्नपात नष्ट गर्ने भए पनि बेसार जमिन मुनि फल्ने तथा बाँदरले मन नपराउने कारण सुरक्षित बाली रहेको बताए । बाँदर प्रभावित क्षेत्रका लागि बेसार वैकल्पिक खेती बन्न थालेको उनको भनाइ छ ।

कम लगानी र थोरै मिहिनेतमा तयार हुने, औषधीय गुणले युक्त रहने तथा दीर्घकालीन रूपमा भण्डारण गर्न सकिने भएकाले पनि बेसार खेतीप्रति किसानको चासो बढेको छ । बाँदरको प्रकोप बढेसँगै बाझिन थालेका खेतबारीमा बेसार रोपेर पुनः हरियाली र आम्दानी बढाउन सकिने सम्भावना रहेको किसानले बताएका छन् ।

स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले बेसारको उन्नत बीउ, प्रविधि र प्रशोधन मेसिनको व्यवस्था गरिदिए भोजपुरमा बेसार राम्रो उत्पादन हुने किसानको भनाइ छ । 

0 Comments