काठमाडौँमा लघुवित्त पीडितको राजधानी मार्च
काठमाडौँ । देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडित किसानहरूले आफ्ना मागप्रति सरकारको ध्यानाकर्षण गराउन आइतबार काठमाडौँमा ‘राजधानी मार्च’ आयोजना गरेका छन्। बल्खुबाट सुरु भएको मार्च भद्रकाली पुगेर कोणसभामा परिणत भएको...