काठमाडौँ । कञ्चनपुरको दोधारा चाँदनी र भीमदत्तनगरलाई जोड्ने प्रसिद्ध महाकाली झोलुंगे पुल बाढीका कारण भत्किएको छ।
बुधबार बिहान महाकाली नदीमा आएको भीषण बाढीले पुलको मध्यभागमा रहेको एक पिलर ढालेपछि पुलको एक भाग नदीमा बगेको प्रहरीले जनाएको छ। पिलर भत्किएसँगै पुलको आवागमन पूर्ण रूपमा ठप्प भएको छ।



