काठमाडौँ । नेपाल नर्सिङ परिषद्को सदस्य पदमा ज्ञानु महर्जन, मोनिका जयसवाल, श्रुति साह र अर्चना पाण्डे बिष्ट नियुक्त भएका छन् ।
नवनियुक्त सदस्यहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच मन्त्री मेहताले उनीहरूलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।



