काठमाडौँ । पछिल्लो १२ घण्टाको अवधिमा कास्की जिल्लाको मालेपाटन केन्द्रमा सबैभन्दा बढी ३४.४ मिलिमिटर वर्षा मापन भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार उक्त अवधिमा देशका विभिन्न ६ वटा प्रदेशका विभिन्न स्थानमा वर्षा दर्ज भएको छ। जसअनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको छ भने सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा मात्र हल्कादेखि मध्यम वर्षा मापन गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा भइरहेका क्षेत्रका बासिन्दा तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।



