काठमाडौँ । देशका विभिन्न भू–भागमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागको तथ्यांक अनुसार पछिल्लो १ घण्टामा सबैभन्दा धेरै वर्षा अर्घाखाँचीको सिमल पानी मापन केन्द्रमा ५८.२ मिलिमिटर (भारी वर्षा) रेकर्ड गरिएको छ।
उपत्यकासहित धेरै प्रदेशमा मध्यम वर्षा
हाल काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सतर्कता अपनाउन मौसमविद्को आग्रह
उक्त क्षेत्रहरूमा थप वर्षा हुने सम्भावना रहेकाले बाढी, पहिरो तथा डुबानको जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।



