काठमाडौँ । ब्राजिलका वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा जित हासिल गरेका छन् ।
तर प्रतिष्पर्धी तथा पूर्वराष्ट्रपति जैर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्न अस्वीकार गर्दै चुनाव रद्ध गर्न माग गरेका छन्।
ब्राजिलको सर्वोच्च निर्वाचन अदालतले आइतबार राति सार्वजनिक गरेको आधिकारिक नतिजाअनुसार ९९.९९ प्रतिशत मतगणना सम्पन्न हुँदा लुलाले ५१.७९ प्रतिशत सदर मत प्राप्त गरेका छन् ।
उनका प्रतिष्पर्धी लिबरल पार्टीका उम्मेदवार फ्लाभियो बोल्सोनारोले ४८.२१ प्रतिशत मत प्राप्त गरेका छन्। जितपछि साओ पाउलोमा आयोजित प्रत्यक्ष सम्बोधनमा लुलाले जनताबाट निर्वाचित रूढिवादी धारको संसदसँग सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले निर्णय प्रक्रियामा नागरिकको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै डिजिटल माध्यमबाट हुने विदेशी हस्तक्षेपको सामना गरेपछि डिजिटल नियमनलाई थप सुदृढ बनाउनुपर्ने बताए । ब्राजिल कुनैपनि देशको प्रभाव क्षेत्र वा अधीनस्थ भू-भाग नभएको उल्लेख गर्दै उनले राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्ने धारणा व्यक्त गरे ।
यता, राजधानी ब्रासिलियामा सम्बोधन गर्दै फ्लाभियो बोल्सोनारोले निर्वाचनको नतिजा स्वीकार गर्नु ‘असम्भव’ रहेको बताए। उनले निर्वाचन रष् गर्नसमेत माग गर्नुरेका छन्।
लुलाले आगामी सन् २०२७ जनवरी ५ मा चार वर्षे कार्यकालका लागि शपथ लिने जनाइएको छ । यससँगै उहाँ चौथोपटक ब्राजिलको राष्ट्रपति बन्नेछन्। ब्राजिलमा राष्ट्रपतीय निर्वाचन दुई चरणको बहुमतीय प्रणाली अनुसार हुने गर्छ । पहिलो चरणमा विजयी हुन उम्मेदवारले सदर मतको ५० प्रतिशतभन्दा बढी प्राप्त गर्नुपर्छ । गत अक्टोबर ४ मा सम्पन्न पहिलो चरणको निर्वाचनमा फ्लाभियो बोल्सोनारोले करिव ४७ प्रतिशत मत प्राप्त गर्दै लुलालाई पछि पार्नुभएको थियो । लुलाले करिव ४५ प्रतिशत मत प्राप्त गरेका थिए । कुनैपनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेपछि दुवै उम्मेदवार दोस्रो चरणमा प्रवेश गरेका थिए । दोस्रो चरणमा भने लुलाले जित हासिल गरेका हुन् ।




