२६ कार्तिक २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमदान गरेर सडक मर्मत

अ अ+ अ-

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा तिहार पर्वका अवसरमा गौडाखोलादेखि देउराली खोलासम्मको मोटरबाटो सरसफाइ तथा मर्मतसम्भार गरिएको छ ।

क्लबका पदाधिकारी तथा सदस्य, आमा समूह र स्थानीय अग्रजहरूको सहभागितामा मंगलबार श्रमदान गरी मोटरबाटोमा जमेको माटो, ढुंगा तथा झाडी हटाउनाका साथै आवश्यक मर्मतसम्भार गरिएको हो ।

बर्खायाममा अवरुद्ध सडक मर्मतमा ढिलाइ हुँदा स्थानीयवासीलाई आवतजावत र ढुवानीमा समस्या भएको थियो । सरकारी निकायको मुख ताकेर बस्दा ढिलाइ भएपछि युवाहरूले सडक मर्मतका लागि अगुवाइ गरेका हुन् ।

अभियानमा ३० जना युवा सहभागी भएको क्लबका सचिव सुभास पुन मगरले जानकारी दिए । उनका अनुसार तिहार मनाउन जन्मथलोमा भेला भएका युवीहरुले सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले सडक मर्मत गर्न श्रमदान गरेका हुन् ।

श्रमदान अभियानमा लक्ष्मीकुमार पुन, रेशम घर्ती मगर र रेकबहादुर पुनले ढुवानीका लागि ट्याक्टरको भाडा र खाजाका लागि आर्थिक सहयोग गरेको क्लबले जनाएको छ । खाजामा रु १० हजार ७९० खर्च भएको क्लबले जनाएको छ ।

0 Comments