२८ कार्तिक २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा

अ अ+ अ-

काठमाडौँ । जनकपुरधामस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्र अब राजर्षि जनक विश्वविद्यालयको मातहतमा सञ्चालन हुने भएको छ । 

लामो समयदेखि शहरी विकास मन्त्रालयको नियन्त्रणमा रहेको उक्त केन्द्रलाई थप प्रभावकारी बनाउन सरकारले विश्वविद्यालयलाई हस्तान्तरण गर्ने निर्णय गरेसँगै मिथिला संस्कृतिको अध्ययन र अनुसन्धानमा नयाँ आयाम थपिने अपेक्षा गरिएको हो । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले शनिवार जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै यस निर्णयले मिथिला संस्कृतिको प्रवर्द्धनमा कोसेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे। 

उनले केन्द्रलाई विश्वविद्यालय मातहत ल्याउन महत्त्वपूर्ण भूमिका खेल्नेहरू प्रधानमन्त्री बालेन्द्र साहसहित अन्य मन्त्रीप्रति आभार प्रकट गरे। नेता निधिको पहलमा भएको यस निर्णयपछि अब केन्द्रको प्रशासनिक र शैक्षिक कार्यसञ्चालनको जिम्मा राजर्षि जनक विश्वविद्यालयको हुनेछ । यसअघि शहरी विकास मन्त्रालयअन्तर्गत रहेको यस भवनमा अब मिथिला संस्कृतिको अध्ययन, अनुसन्धान र पठनपाठनका कार्यक्रमहरू अघि बढाइनेछन् । जनकपुरधामस्थित शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले हालै विश्वविद्यालयलाई यससम्बन्धी औपचारिक पत्र पठाइसकेको छ । 

उनले भने, ‘आज मेरो लागि मात्र होइन, हामी सबैका लागि खुसी र गर्वको दिन हो । महेन्द्रनारायण निधि मिथिला संस्कृति केन्द्र अहिलेसम्म शहरी विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुँदै आएकोमा मेरो अग्रसरता, साथीहरूको प्रयास र राजर्षि जनक विश्वविद्यालयको सहयोगमा अबदेखि यसको शैक्षिक तथा प्रशासनिक सञ्चालन विश्वविद्यालयको मातहतमा रहने निर्णय भएको छ । मिथिला संस्कृतिको अध्ययन, अनुसन्धान, पठनपाठन र प्रवर्द्धनका लागि विश्वविद्यालय नै सबैभन्दा उपयुक्त संस्था भएकाले यो निर्णय ऐतिहासिक र महत्त्वपूर्ण उपलब्धि हो । यसका लागि नेपाल सरकार, प्रधानमन्त्री पुष्पकमल दाहाल, शिक्षामन्त्री, शहरी विकास मन्त्री तथा भूमि मन्त्रीज्यूप्रति हार्दिक आभार र धन्यवाद व्यक्त गर्दछु । यो निर्णय मिथिला संस्कृति संरक्षण र प्रवर्द्धनका लागि एउटा महत्त्वपूर्ण माइलस्टोन सावित हुनेछ भन्ने विश्वास लिएको छु ।’

कार्यक्रममा बोल्दै निधीले राजर्षि जनक विश्वविद्यालयको स्थापनादेखि नै आफूले सक्रिय भूमिका निर्वाह गरेको स्मरण गरे । विश्वविद्यालयका पदाधिकारीहरूसँगको समन्वयमा यस प्रक्रियालाई अगाडि बढाइएको जानकारी दिँदै उनले विशेष गरी शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले स्थलगत निरीक्षणपश्चात् देखाएको अग्रसरताको प्रशंसा गरे। हाल विश्वविद्यालयमा नयाँ उपकुलपति श्यामनारायण लाभले पदभार सम्हालेसँगै शैक्षिक गतिविधिहरूलाई गति दिने प्रयास भइरहेको छ । 

0 Comments