काठमाडौँ। पोखरा एभेन्जर्सका कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा आइतबार काठमान्डु गोर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् ।
टीयू मैदानमा भइरहेको खेलमा भुर्तेलले २७ बल खेल्दै ५ चौका र ४ छक्का मदतमा ५१ रन बनाएका हुन् ।
यस सिजन उनको यो दोस्रो अर्धशतक हो। यसअघि उनले कर्णाली याक्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। ओपनर युवराज सम्राले पनि यही खेलमा अर्धशतक बनाएर खेलिरहेका छन्।





