३० कार्तिक २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रैथाने बासमती धान लोपोन्मुख अवस्थामा

अ अ+ अ-

उदयपुर । कुनै समय उच्च गुणस्तर र विशिष्ट बास्नाका कारण पहिचान बनाएको यहाँको रैथाने बासमती धानको खेती पछिल्लो समय घट्दै गएको छ । छोटो समयमा बढी उत्पादन दिने वर्णशङ्कर(हाइब्रिड) जातका धानप्रति कृषकको आकर्षण बढ्नु, सिँचाइ अभाव, रोगकिराको प्रकोप र उत्पादन लागत बढ्नुले परम्परागत बासमती खेती लोप हुने अवस्थामा पुगेको हो ।

विशेषगरी त्रियुगा नदीको तटीय क्षेत्रमा उत्पादन हुँदै आएको स्थानीय बासमती, करियाकामत(कालो बासमती) र चनमचुर धानको खेती क्रमशः घट्दै गएको छ । अन्य धानको तुलनामा बासमती खेती गर्न बढी समय र मेहनत लाग्ने तर उत्पादन कम हुने भएकाले कृषकले यसको खेती घटाउँदै लगेको बताएका छन् । पछिल्लो समय बासमतीको मौलिक बास्ना पनि हराउँदै गएको उनीहरूको भनाइ छ ।

स्थानीय कृषक सोमबहादुर दनुवारका अनुसार कृत्रिम बास्ना मिसाइएका आयातित बासमती चामलले बजार ओगटेपछि स्थानीय रैथाने बासमती विस्थापित हुँदै गएको छ । चौदण्डीगढी नगरपालिका-१० हडियाका हरिप्रसाद पौडेल पनि कृषकले परम्परागत जात छाडेर उन्नत धान लगाउन थालेको बताउछन् । उनका अनुसार पहिले पर्याप्त उत्पादन दिने बासमती, करियाकामत र चनमचुर धानले अहिले अपेक्षाअनुसार उत्पादन दिन छाडेका छन् । त्यसैले कृषकले घरायसी उपभोगका लागि मात्र यसको खेती गर्न थालेका छन् ।

त्रियुगा नगरपालिका–९ सुन्दरपुरका वडाध्यक्ष राजकुमार दनुवारका अनुसार उनका बाजेले १० बिघा र बुबाले तीनदेखि चार बिघासम्म बासमती खेती गर्थे । तर अहिले खेतीयोग्य जमिन घट्नु र उत्पादनमा कमी आउनुले केही जग्गामा मात्र बासमती लगाउने गरिएको छ ।

स्थानीय बजारमा बासमती चामल प्रतिकिलोग्राम करिब रु १३० मा बिक्री भइरहेको छ । त्रियुगा नगरपालिका-११ गाईघाटका अग्रज कृषक नारायणबहादुर बस्नेतका अनुसार पर्याप्त सिँचाइ र कम्पोस्ट मलको अभावले पनि रैथाने धानको उत्पादन प्रभावित भएको छ ।

त्रियुगा नगरपालिकाका कृषि शाखा प्रमुख माधव राउत जलवायु परिवर्तनका कारण खोलानाला सुक्दै जानु र पशुपालन घट्नुले कम्पोस्ट मलको उपलब्धता कम भएको बताउछन्।

कृषि ज्ञान केन्द्र उदयपुरका अनुसार चालु आर्थिक वर्ष २०८३/८४ मा जिल्लाको १३ हजार ३८० हेक्टर क्षेत्रफलमध्ये १२ हजार ८७७ हेक्टरमा धान खेती गरिएको छ । गत आर्थिक वर्ष २०८२/८३ मा १२ हजार ९१२ हेक्टरमा खेती हुँदा ३१ हजार ३१८ मेट्रिक टन धान उत्पादन भएको थियो । जिल्लामा खेती गरिएको धानमध्ये सात हजार ३०३ हेक्टरमा मात्र सिँचाइ सुविधा उपलब्ध छ ।

त्रियुगा, चौदण्डीगढी, बेलका र कटारीका समथर भूभाग तथा भित्री मधेसका फाँटमा धान खेती हुँदै आएको छ । सिँचाइ, गुणस्तरीय बीउ र संरक्षणका कार्यक्रम प्रभावकारी नबनाइए रैथाने बासमतीको मौलिक पहिचान नै हराउने जोखिम बढेको छ ।  

0 Comments