२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु, तीन करोड ३५ लाख लागतमा काम हुँदै

अ अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिका-२ स्थित बैसरी-रिसिनचौतारी सडक स्तरोन्नति सुरु भएको छ ।

पूर्वाधार विकास कार्यालयले जैसीखोर–खहरेखोला–रिसिनचौतारी सडक योजनाअन्तर्गत बैसरी–रिसिनचौतारी खण्ड स्तरोन्नति गर्न लागेको हो । सडक फराकिलो पार्ने, ग्रेड र घुम्ती सुधार गर्ने, टेवा पर्खाल तथा नाली निर्माण गर्ने र ग्राभेल तथा ढलान गर्ने काम योजनामा समेटिएको छ ।

रु तीन करोड ३५ लाख छ हजार ४८० लागतमा निर्माण सम्पन्न गर्ने गरी गत साउन ४ गते अंकित एन्ड जेनिशा साहना जेभीसँग ठेक्का सम्झौता भएको थियो । सम्झौताअनुसार २०८४ साउन ४ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेछ ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर राजेश उलकका अनुसार एक हजार ८०० मिटर सडक नालीसहित छ मिटर चौडा बनाइनेछ । त्यसमध्ये ६१० मिटर सडक ढलान र एक हजार १९० मिटर ग्राभेल गरिनेछ । योजनाअन्तर्गत ९९० घनमिटर ग्याबियन पर्खाल र एक हजार ६४९ घनमिटर मेसिनरी पर्खाल निर्माण गरिनेछ ।

निर्माण कम्पनीका प्रतिनिधि शिव जिसीले पहिलो चरणमा एक हजार २०० मिटर सडक फराकिलो पार्ने काम सम्पन्न भएको जानकारी दिए। उनका अनुसार निर्माण कम्पनीले तीन महिनाभित्र काम सक्ने लक्ष्यसहित उपकरण परिचालन गरेको छ । लक्ष्यअनुसार काम सम्पन्न गर्न थप मजदुर र निर्माण सामग्रीको व्यवस्थापन गरिने उनले बताए ।

यो सडकले रघुगङ्गा गाउँपालिका–२ र ३ लाई कालीगण्डकी करिडोरसँग जोड्छ । कालीगण्डकी करिडोरको घुमाउनेताल–बैसरी खण्डको वैकल्पिक मार्गका रूपमा विकास गर्ने र स्थानीयवासीको आवागमन सहज बनाउने उद्देश्यले योजना सञ्चालन गरिएको गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले बताए । 

0 Comments