२ मंसिर २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बराह सहकारी प्रकरणमा दुई जना पक्राउ

अ अ+ अ-

काठमाडौँ । धरानको बराह बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा फरार रहेका दुई जना पक्राउ परेका छन् । 

संस्थापक शिवकुमार विश्वकर्मा (लामिछाने) र ऋण उपसमिति सदस्य अस्मिता भण्डारी पक्राउ परेका हुन् । उनीहरूलाई मंसिर २ गते सुनसरीस्थित नेपाल-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रहरीका अनुसार सहकारी ठगी, संगठीतठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त मुद्दामा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो कायम गरिएको छ । मुद्दामा पीडितको सङ्ख्या १७ हजार १० रहेको र ४ हजार २४३ जनाले जाहेरी दिएको प्रहरीले जनाएको छ ।

धरानमा मुख्य कार्यालय रहेको सहकारीसँग आबद्ध गरी नेपालमा ३० र विदेशमा चार कम्पनी स्थापना गरिएको प्रहरीको विज्ञप्तिमा उल्लेख छ । ती कम्पनी स्थापना गरी सहकारीका बचतकर्ताको रकम अपचलन गरेको आरोपमा मुद्दा चलेको हो ।

पक्राउ परेका ४५ वर्षीय विश्वकर्मा सहकारीका संस्थापक हुन् । धरान-१५ की ३३ वर्षीया भण्डारी सहकारीको ऋण उपसमितिकी सदस्य तथा ग्राहक सेवा शाखाकी कर्मचारी रहेको प्रहरीले जनाएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान गरिरहेको छ ।

0 Comments