१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१४६ घरपरिवारलाई सौर्य ऊर्जा वितरण

अ+ अ-

बेझाड । विद्युत्को केन्द्रीय प्रसारण लाइनदेखि टाढा रहेका निस्दी गाउँपालिकाका १४६ घरपरिवारलाई सौर्य ऊर्जा प्रदान गरिएको छ । यहाँका २ र ६ वडाका नागरिकलाई भौतिक तथा पूर्वाधार मन्त्रालय प्रदेश नम्बर ५ को सहयोगमा सौर्य ऊर्जा वितरण गरिएको हो ।

मन्त्रालयको ९० प्रतिशत अनुदान र उपभोक्ताको १० प्रतिशत लगानीमा दुई नम्बर वडाका ५३ घर र ६ नम्बर वडाका ९३ घरपरिवारले सौर्य ऊर्जाको सुविधा उपभोग गर्न पाउने भएका छन् । टुकीरहित गाउँपालिका बनाउने उद्देश्यका साथ घरघरमा सौर्य ऊर्जामार्फत उज्यालो दिन खोजिएको छ । प्रदेश सरकारको सहयोगमा २० वाट क्षमताको सौर्य ऊर्जा सहयोग गरिएको गाउँपालिकाका प्रवक्ता तथा वडा नं ६ का अध्यक्ष मेखबहादुर सुनारीले जानकारी दिए ।

विद्युत् केन्द्रीय लाइन नपुगेको यस गाउँमा प्रदेश सरकारको अनुदानमा सौर्य ऊर्जा सहयोग पाएपछि स्थानीयमा ठूलो राहत पुगेको छ । टुकीको भरमा जीवन गुजारा चलाउँदै आएका खेमबहादुर विकले सौर्य ऊर्जा पाएपछि खुशी लागेको बताए ।

निस्दी गाउँपालिकाका सबै वडालाई उज्यालोमय वडा बनाउने अभियान रहेको छ । विद्युत् केन्द्रीय लाइनको पहुँच नपुगेको यस गाउँपालिकामा सौर्य ऊर्जा प्रणालीबाट भए पनि स्थानीयवासीलाई सुविधा दिने योजना रहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले बताए । विपन्न, दलित परिवारले सौर्य ऊर्जा खरीद गर्न नसक्दा टुकी बालेर गुजारा चलाएका नागरिकको घरमा सौर्य ऊर्जा जडान गरिएपछि खुशियाली छाएको छ । रासस

प्रतिक्रिया दिनुहोस